२० बैशाख २०८१, बिहिबार

सत्ता र शक्तिमा बस्नेहरूबाट देश बर्बाद भयोः अध्यक्ष केसी

प्रकाशित मिति :  10 April, 2024 4:16 pm


काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ता र शक्तिमा बस्नेहरूबाट देश बर्बाद भएको बताएका छन् ।
बुधवार नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले देशको उद्योग धन्दा पनि बर्बादउन्मुख भएको जिकिर गरे । उनले देश उद्योग धन्दा गर्नेहरूबाट नभइ सत्ता र शक्ति केन्द्रमा बस्नेहरूबाट बर्बाद भइरहेको बताए ।

उनले वर्ष दिनमा चार पटकसम्म सत्ता परिवर्तन हुने र कुन मन्त्री आएर कस्तो नीति बनाउँछ भन्ने भयमा व्यवसायीहरु रहनुपर्ने बाध्यता रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !