नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष घिमिरेले लिइन् शपथ
प्रकाशित मिति : 10 April, 2024 7:02 pm

काठमाडाैँ । नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहमा नवनिर्वाचित उपाध्यक्ष घिमिरेले राष्ट्रियसभा अध्यक्ष नारायण दाहालसमक्ष शपथ लिएकी हुन् ।
घिमिरे बुधबार नै उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।