१७ बैशाख २०८१, सोमबार

यस्तो रहनेछ बिहीबारको मौसम

प्रकाशित मिति :  11 April, 2024 7:38 am


काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

बिहीबार बिहानपख कोशी प्रदेश लगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरू साथै बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसारर देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

लुम्बिनी प्रदेश लगायत कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा हावा(हुरीको सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस !