१७ बैशाख २०८१, सोमबार

आज मुस्लिम धर्मावलम्बीहरुको महान पर्व ईद उल फित्र

प्रकाशित मिति :  11 April, 2024 8:27 am


काठमाडौँ । आज मुस्लिम धर्मावलम्बीहरूले ईद उल फित्र (ईद) पर्व मनाउँदै छन् । एक महिनाको ब्रतपछि आज मुस्लिम समुदायले आपसी रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुशियाली साटासाट गर्दै शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ इद पर्व मनाउदैँ छन ।

इदमा विशेष नमाज समर्पण गरिसकेपछि आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिँदै मिष्टान्न परिकारसमेत खाने र खुवाउने परम्परा रहेको छ ।

ईदको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा पनि दिएको छ ।



प्रतिक्रिया दिनुहोस !