१७ बैशाख २०८१, सोमबार

तोलामा २०० रुपैयाँ घट्यो सुन

प्रकाशित मिति :  11 April, 2024 11:51 am


काठमाडौँ । आज बिहिबार छापावाला सुनको मूल्य तोलामा २०० रुपैयाँ घटेको छ । सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलामा २०० रुपैयाँ घटेर तोलाको एक लाख ३६ हजार ६०० रुपैयाँमा काारेबार भइरहेको छ । बुधबार छापावाला सुन तोलाको एक लाख ३६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

महासंघको विवरण अनुसार आज चाँदी मूल्य भने स्थिर रहेको छ । बुधबार तोलाको १७०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज स्थिर रही सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !