१७ बैशाख २०८१, सोमबार

मुस्लिम समुदायले शुभकामना आदानप्रदान गरी मनाए इदुल फित्र

प्रकाशित मिति :  11 April, 2024 12:01 pm


काठमाडौँ । मुस्लिम समुदायले एकअर्कामा शुभकामना आदानप्रदान गरी आज इदुल फित्र (ईद) मनाएका छन् ।

ईदको अवसरमा काठमाडौँको घण्टाघरस्थित मस्मिरी मस्जिदमा प्रार्थना गर्ने र एकअर्कासँग शुभकामना साट्नेहरूको भीड रहेको छ । एकअर्कालाई अंकमाल गरेर ‘ईद मुबारक’ भन्दै महिला तथा पुरुषहरुले शुभकामना दिएका छन् ।

हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्वी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउने गर्दछन् । ईद पर्वमा अल्लाहका नाममा विशेष नमाज गर्ने इस्लाम परम्परा छ ।

चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरू हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ । ईदको अवसरमा सरकारले आज सार्वजनिक विदा समेत दिएको छ ।



प्रतिक्रिया दिनुहोस !