१८ बैशाख २०८१, मंगलबार

उद्योग वाणिज्य महासंघले गर्‍यो मनकामना दर्शन प्रा.लि लाई सम्मान

प्रकाशित मिति :  11 April, 2024 1:29 pm


काठमाडौँ । नेपालको पहिलो केबलकार सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रा.ली आर्थिक बर्ष २०७८\२०७९ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढि कर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको ५८ औ वार्षिक साधारण सभा तथा उघोग वाणिज्य दिवस २०८० को अवसरमा मनकामना दर्शन प्रा.ली सम्मानित भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले मनकामना दर्शन प्रा.लि की सेल्स तथा मार्केटिङ् डाइरेक्टर यशु क्षेष्ठलाई कदर पत्रसहित सम्मान गरेका हुन् ।

गत वर्ष पनि सोही विधामा सबैभन्दा बढि कर तिर्ने कम्पनीको रुपमा सम्मानित यस कम्पनीले २५ वर्षदेखि चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म केबुलकार सेवा सञ्चालन गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !