१७ बैशाख २०८१, सोमबार

एन आई सी एशिया बैंकबाट बचतकर्ताले रकम झिक्ने क्रम रोकिएन,३ महिनामै ४३ अर्ब निकालियो

प्रकाशित मिति :  11 April, 2024 2:49 pm


काठमाडौँ । एन आई सी एशिया बैँकबाट निक्षेपकर्ताले आफनो रकम निकाल्नेक्रम नरोकिएको पाइएको छ ।

पछिल्लो ३ महिनाको अवधिमा ४३ अर्ब रुपैयाँ निक्षेपकर्ताले रकम निकालेका छन् ।

सुशासनजन्य समस्याबारे समाचार बाहिर आएपछि रकम डुब्ने त्रासमा रहेका निक्षेपकर्ताले एन आई सी एशिया बैंकबाट निक्षेपकर्ताले रकम निकाल्न थालेका थिए । समूह-समूह नै बनाएर सो बैंकबाट रकम निकाल्ने क्रम बढेको थियो।

नेपाल राष्ट्र बैंकले विज्ञप्ति जारी गर्दै बचतकर्ताको रकम सुरक्षित रहेको विश्वास दिलाउन खोजे पनि बचतकर्ताले आफ्नो रकम निरन्तर निकालिरहेको पाइएको छ ।

एन आई सी एशिया बैंकबाट बचतकर्ताले बचत खाताबाट मात्रै पुसदेखि फागुनको अवधिमा १६ अर्ब ४३ कारोड रकम निकालेका छन् भने मुद्दती खाताबाट २७ अर्ब ८५ करोड रुपैयाँ निकालिएको छ ।

यो बिचमा बैँकले कल डिपोजिट अन्तर्गत ४ अर्ब २५ करोड रुपैयाँ रकम थपेको छ तर फरेन कल डिपोजिटको समेत २ अर्ब रुपैयाँ भन्दा बढी रकम निकालिएको राष्ट्र बैँककाे विवरणमा देखिन्छ ।

बैंकले मुद्दती खातामा बढी व्याज दिएर निक्षेपकर्ता आकर्षित गर्ने प्रयास गरे पनि रकम राख्ने भन्दा निकाल्नेको बढी देखिएको राष्ट्र बैंकको विवरणबाट देखिन्छ । बैँकको ऋणप्रवाह समेत कमजोर बनेको छ । यससँगै बैँक थप दबाबमा परेको छ ।



प्रतिक्रिया दिनुहोस !