१८ बैशाख २०८१, मंगलबार

स्याङ्जाकाे भीरकाेट पार्कले आठ महिनामा कमायाे २ लाख ५० हजार

प्रकाशित मिति :  11 April, 2024 4:50 pm


स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकाले वडा नम्बर ४ मा रहेको पार्कबाट चालु आर्थिक वर्ष (२०८०\८१) को ८ महिना (साउनदेखि फागुन) मा २ लाख ५० हजार रुपैयाँ आम्दानी गरेकाे छ ।

पालिकाले उक्त रकम वनभोज प्रयोजनदेखि प्रवेश शुल्कबाट उठाएको पार्क व्यवस्थापक कृष्णप्रसाद अर्यालले बताए । पालिकाले पार्ककाे सरसफाई र व्यवस्थापन गर्न प्रति व्यक्ति २० रूपैयाँ प्रवेश शुल्क लगाएको छ । अर्यालका अनुसार वनभोज प्रयोजनका लागि समुहमा आउनेलाई २० जनाको समुहसम्म ५०० रूपैयाँ र २० जना भन्दा बढीलाई एक हजार रूपैयाँ प्रवेश शुल्क लिने गरेको छ ।

त्यसैगरि अन्य जिल्लाबाट समुहमा भ्रमण तथा वनभोजमा आउनेलाई ३ हजार रुपैँया शुल्क तिर्नुपर्ने अर्यालले बताए । तर पाँच वर्ष मुनिका र ६८ वर्ष माथिका व्यक्तिलाई भने कुनै शुल्क लाग्ने छैन ।

संघीय विशेष अनुदान र नगरपालिकाको गरेर ३ करोड ७४ लाख ८५ हजारमा उक्त पार्क निर्माण भएको हो ।



प्रतिक्रिया दिनुहोस !