२२ बैशाख २०८१, शनिबार

नयाँ वर्षको पूर्वसन्ध्या र पहिलो दिन यस्तो रहनेछ मौसम

प्रकाशित मिति :  12 April, 2024 7:08 am


काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

नेपाली नयाँ वर्षको पूर्वसन्ध्या, सुक्रवार बिहानीपख कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा तीन प्रदेशका पहाडी भुभागका हल्का वर्षाको सम्भावना छ । यस क्षेत्रमा नयाँ वर्ष मनाउन निश्कने विचार गरेकाले लुगाफाटो जोहो गर्दा विचार पुर्याउनु पर्ने देखिएको छ भने यात्रा गर्दा होस पुर्याउनुपर्ने देखिएको हो।

विभागका अनुसार शुक्रवार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरू साथै बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

शुक्रवार राती कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ भने कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

नयाँ वर्षको पहिलो दिन, शनिवार दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरू तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा शनिवार दिउँसो मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

शनिवार कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानहरू साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमानको पूर्ण विवरण यहाँ क्लिक गरेर हेर्न सक्नुहुनेछ।



प्रतिक्रिया दिनुहोस !