२१ बैशाख २०८१, शुक्रबार

संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने सरकारको निर्णय

प्रकाशित मिति :  12 April, 2024 3:30 pm


काठमाडौँ । सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद बैठकले २०८१ वैशाख २ गते राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकार प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।

संसदको चालु अधिवेशन अन्त्य गर्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुख्य सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेको थियो ।

कांग्रेसले सदन अवरुद्ध समेत गर्दै आएको थियो ।



प्रतिक्रिया दिनुहोस !