२१ बैशाख २०८१, शुक्रबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पाए विश्वासको मत

प्रकाशित मिति :  12 April, 2024 4:00 pm


काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् ।

आज बसेको लुम्बिनी प्रदेश सभा बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिएका हुन् । महराले ४८ सांसदको मत पाए ।

मुख्यमन्त्री महरालाई एमालेका २९, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, एकीकृत समाजवादीका १ र स्वतन्त्र सांसद १ गरी ४८ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिए ।

विपक्षमा कांग्रेसका कांग्रेसका २७ र जनमोर्चाका १ सांसद रहेका थिए । राप्रपा ४ र लोसपाका ३ सांसद बैठकमा उपस्थित भएनन् ।

लुम्बिनी प्रदेश सभा ८७ सदस्यीय छ । प्रदेश सभामा बहुमतका लागि ४४ प्रदेशसभा सदस्य चाहिन्छ ।

माओवादी केन्द्र लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता महरा ४८ जनाको समर्थनमा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।



प्रतिक्रिया दिनुहोस !