२० बैशाख २०८१, बिहिबार

एमाले अध्यक्ष ओलीको राप्रपा लक्षित ओलीको टिप्पणीः एउटा मालिक चाहियो भनेर कुद्ने गतिविधि सह्य हुँदैन

प्रकाशित मिति :  13 April, 2024 7:40 pm


काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक दायरामा आएर राजनीतिक गतिविधिलाई अघि बढाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई चेतावनी दिएका छन् ।

गणतन्त्रमा नागरिकका अधिकार सुरक्षित रहने भएकाले संवैधानिक बाटोबाटै समस्या समस्याको समाधान गर्न सकिने भएकाले सोही अनुसारको गतिविधि अघि बढाउन उहाँले राप्रपालाई सचेत गराए ।

अध्यक्ष ओलीले भने,“ अहिले पनि केही मान्छेहरुमा उत्ताउलापनहरु देखिन्छन् । म ती राजनीतिक शक्ति र व्यक्तिहरु छन् । त्यस्ता राजनीतिक समूह वा व्यक्तिहरुलाई आग्रह पनि गर्न चाहन्छु, सुझाव पनि दिन चाहन्छु–संविधानको दायरा भित्र आउनुस् ।”

काठमाडौंमा आज आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले संविधान नै नमान्ने, परिवर्तन नै नमान्ने, जनताको सर्वोच्चता नै नमान्ने र एउटा मालिक चाहियो भनेर कुद्ने गतिविधि सह्य नहुने बताए । उनले गणतन्त्रमा नागरिक सर्वोच्चता हुने भएकाले कुनै मालिकलाई स्थापना गरेर राज्य अघि बढ्न नसक्ने बताए ।

अध्यक्ष ओलीले भने,“संविधान नै नमान्ने, परिवर्तन नै नमान्ने, जनताको सर्वोच्चता नै नमान्ने र मलाई एउटा मालिक चाहियो भनेर कुद्ने । त्यसले एउटा व्यक्तिलाई मालिक थपना गर्दैन । देशले नागरिक सर्वोच्चतालाई मान्छ ।”

ओलीले कुनैपनि माग सम्बोधन गर्न नेपालको संविधानले प्रतिबन्ध नलगाएकोतर्फ पनि राप्रपालाई सचेत गराए ।



प्रतिक्रिया दिनुहोस !