१८ बैशाख २०८१, मंगलबार

काँग्रेस आक्रोश र पीडाले मनलाग्दी बोलिरहेको छ : अध्यक्ष ओली

प्रकाशित मिति :  14 April, 2024 2:35 pm


काठमाडौँ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस आक्रोश र पीडाले मनलाग्दी बोलिरहेको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकपछि आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले प्रतिनिधि सभाको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुनु स्वभाविक भएको बताए ।

अध्यक्ष ओलीले भने,“ जेठ १५ गते त फेरि कुनै अलमल बिना बजेट प्रस्तुत गर्नुपर्छ । त्यो भन्दा अगाडी नीति, कार्यक्रम पास गर्नुपर्छ । त्यसो भएको हुनाले काँग्रेसले आक्रोश, पीडाले जे पायो त्यही बोलिराखेको छ क्या । यस्तो गर्नुहुँदैन । संसदीय प्रणालीलाई हामीले रक्षा गर्नुपर्छ ।”

उनले हिउँदे अधिवेशन र बजेट अधिवेशनका बीचमा कम्तिमा १५ दिनको ग्याप राख्नुपर्ने भएकाले बजेट अधिवेशनको तयारी स्वरुप हिउँदे अविधेशनको अन्त्य गर्नुपरेको उल्लेख गरे ।

अध्यक्ष ओलीले हिउँदे अधिवेशन अन्त्यको सन्दर्भमा नेपाली काँग्रेसले आक्रोश र पीडाले मनलाग्दी ‘जे पायो त्यही’ बोलिरहेको टिप्पणी गरे । उनले संसद पुराना अनुभवहरू लिएर चल्नुपर्ने भन्दै संसदीय प्रणालीलाई रक्षा गर्नुपर्ने बताए ।

नेपाली काँग्रेस ढिपी र जिद्दीमा जाने गरेको भन्दै यस्तो तरिकालाई काँग्रेसले सच्याउनुपर्ने अध्यक्ष ओलीको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस !