२२ बैशाख २०८१, शनिबार

पहाडी क्षेत्रमा वर्षा हुन सक्ने, यस्तो रहनेछ सोमवारको मौसम

प्रकाशित मिति :  15 April, 2024 6:43 am


काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। सोमवार बिहानीपख सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागको थोरै स्थानहरू र बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मध्यान्ह पछि हावा हुरीको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमानको विवरण हेर्न यहाँ क्लिक गर्न सक्नुहुनुनेछ ।



प्रतिक्रिया दिनुहोस !