१८ बैशाख २०८१, मंगलबार

आधुनिक विकास नीति बनाएर मात्रै नेपालमा वैदेशिक लगानी भित्र्याउन सकिन्छः पूर्वप्रम भट्टराई

प्रकाशित मिति :  15 April, 2024 8:22 am


काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले सरकारले तय गरेको लगानी सम्मेलनसम्बन्धि अवधारणामा नै असन्तुष्टि व्यक्त गरेका छन्।

आईतवार काठमाडौंमा आयोजित नेपालको आर्थिक–सामाजिक क्षेत्रमा वैदेशिक लगानीको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले मन्त्रीहरुले राजदुतलाई बोलाएर हारगुहार गर्दैमा नेपालमा वैदेशिक लगानी भित्रिने सम्भावना नरहेको जिकिर गरेका हुन्

उनले आधुनिक विकास नीति बनाएर मात्रै नेपालमा वैदेशिक लगानी भित्र्याउन सकिने बताए। स्वदेशी श्रमको परिचालन गरेर अघि बढ्नसके वैदेशिक लगानी भित्र्याउन सहज हुने पूर्वप्रधानमन्त्री भट्टराईको तर्क छ।

सरकारले यही वैशाखको १६ र १७ गते काठमाडौंमा तेस्रो लगानी सम्मेलनको आयोजना गर्दैछ । भट्टराईले भारत र चीनजस्ता ठूला मुलुकलाई साथमा लिएर पनि नेपालले आवश्यक लगानी भित्र्याउन सक्ने दोहो¥याए।

नेपालमा २ वटा लगानी सम्मेलन सम्पन्न भएर पनि वैदेशिक लगानी सहज ढंगले आउन नसक्नुमा पुरानै ढाँचाको विकास नीति जिम्मेवार रहेको उनको भनाई थियो ।

उनले भने, “हामीले वर्षौदेखि यो वैदेशिक लगानीको कुरा गरिराखेका छौं । तर खासै प्रगति चाहीँ भइराखेको छैन । दुई दुई पटक लगानी सम्मेलनहरु भए । र अहिले पनि भईराखेको छ । र त्यो उहीँ ढाँचामा भईराखेको म देख्छु ।”

पूर्वप्रधानमन्त्री भट्टराईले बहुराष्ट्रिय कम्पनीहरुलाई भित्र्याउने नीतिले पनि नेपालमा वाह्य लगानी बढाउने कुरामा समस्या थपिएको बताए ।



प्रतिक्रिया दिनुहोस !