१७ बैशाख २०८१, सोमबार

एक लाख ४० हजारको नजिक पुग्यो सुनको मूल्य

प्रकाशित मिति :  16 April, 2024 11:47 am


काठमाडौँ । आज मंगलबार सुनचाँदी बजार सुनको मूल्य नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलाको १७०० रुपैयाँ बढेर तोलाको एक लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै तेजावी सुनको मूल्य तोलाको एक लाख ३८ हजार ५५० रुपैयाँ आजको कारोबार मूल्य तोकिएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । महासंघको जानकारी अनुसार आज चाँदीको मूल्य तोलाको ३५ रुपैयाँ बढेर तोलाको १७५० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !