१७ बैशाख २०८१, सोमबार

महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन

प्रकाशित मिति :  16 April, 2024 2:12 pm


काठमाडौँ । संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायालाई सर्वसम्मतिले अनुमोदन गरेको छ।

समितिका सभापति पशुपतिशमशेर जबराले प्रस्तावित महालेखापरीक्षकमा रायाको नाम सर्वसम्मतिले अनुमोदन गरेको बताए।

प्रस्तावित रायाले १५ पेजको कार्ययोजना प्रस्तुत गर्दै बेरुजु कम गर्नाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

संवैधानिक परिषद्को गत चैत १८ गतेको बैठकले रायालाई महालेखापरीक्षक पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।

गत जेठ १० गते महालेखा परीक्षक टंकमणि शर्माको पदावधि सकिएपछि सो पद रिक्त थियो। संसदीय सुनुवाइपछि राष्ट्रपतिले महालेखा परीक्षक नियुक्त गर्ने संवैधानिक प्रावधान छ। राया राष्ट्रिय तथ्यांक कार्यालयका सचिव थिए ।



प्रतिक्रिया दिनुहोस !