१७ बैशाख २०८१, सोमबार

कृषि औजार संचालन तथा मर्मत तालिम आजदेखि सुरू

प्रकाशित मिति :  16 April, 2024 6:08 pm


काठमाडौँ । कृषि मेशिनरी मर्मत तथा संचालन गर्ने गरि व्यवसायिक तालिम सुरू भएको छ । कृषि मेशिनरी औजार (पावर टिलर र मिनी टिलर) को मर्मत तथा संचालन सम्बन्धी तालिम आजबाट काठमाडौँमा सुरू भएको हो ।

१४ दिनसम्म चल्ने सो तालिममा २ जना महिलासहित २२ जनाको सहभागिता छ । तालिममा सहभागीले पावर टिलर र मिनी टिलरको चलाउन सक्ने, मर्मत गर्न सक्ने लगायत सिप सिक्ने छन् ।

५० हजार बढी किसानले पवार टिलर र २ लाख बढीले मिनी टिलर प्रयोगमा छ । तर यी यन्त्रको अधिकांश मर्मत हुन नसकेर प्रयोग विहीन रहेको संघले जनाएको छ ।

नेपाल कृषि मेशिनरी व्यवसायी संघ र कृषि विभाग अन्तर्गतको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवर्द्धन केन्द्रले संयुक्त रुपमा तालिमको आयोजना गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !