१७ बैशाख २०८१, सोमबार

राष्ट्रिय सभा अध्यक्ष दाहालको टिप्पणीः ‘प्रधानमन्त्रीसँग नाम जोडिँदा वाक्कदिक्क भइसकेँ’

प्रकाशित मिति :  16 April, 2024 6:26 pm


काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आफ्नै बलबुँत्ताको भरमा आफू अघि बढ्दै आएको बताएका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष दाहालले प्रधानमन्त्री पुष्पकमल दाहालका कारण राष्ट्रिय सभाको अध्यक्षको जिम्मेवारी पाएको चर्चा भईरहँदा उनले अहिलेसम्म गरेको सबै आफ्नै बलबुत्ताले भएको जिकिर गरे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र आफूले २०२७ सालमा एकैदिन अनेरास्ववियुको सदस्यता लिएर राजनीति सुरू गरेको र आजसम्मसँगै काम गरेको पनि दोहो¥याए ।

प्रधानमन्त्री दाहाललाई आफूले कुनैपनि राजनीतिक गतिविधिमा नछाडेपनि उनकै निगाहामा आफूलाई राष्ट्रिय सभाका अध्यक्ष बनाएको भन्ने टिप्पणी आफू वाक्क भएको प्रतिक्रिया समेत दिए । अध्यक्ष दाहालले आफूले राष्ट्रिय सभाको नेतृत्वमा रहेर कुनैपनि नराम्रो काम नगर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

अध्यक्ष दाहालले राष्ट्रिय सभाको गरिमालाई माथि उठाउने काममा सहयोग गर्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो । त्यस अवसरमा उहाँले आफ्नो एक महिने कार्यकाल भने सुखद् रहेको दाबी समेत गरे ।



प्रतिक्रिया दिनुहोस !