१८ बैशाख २०८१, मंगलबार

तीन प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा हुन सक्ने

प्रकाशित मिति :  17 April, 2024 7:28 am


काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशीक प्रभाव रहेको छ । बुधवार बिहानपख देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।

मौसम प्रतिकूलताका कारण दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनका लागि यहाँ क्लिक गर्नसक्नुहुनेछ ।



प्रतिक्रिया दिनुहोस !