१८ बैशाख २०८१, मंगलबार

एकल जातीय चिन्तन, सोचबाट नेपालको शासन सत्ता चलिरहेको छः राजेन्द्र महतो

प्रकाशित मिति :  17 April, 2024 4:27 pm


काठमाडाैँ । पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले एकल जातीय चिन्तन सोचबाट नेपालको शासन सत्ता चलिरहेको आरोप लगाएका छन् ।

बुधवार काठमाडौँमा आयोजित आफ्नै राजनीतिक जीवनी ‘अधुरा क्रान्ति’ नामक पुस्क विमोचन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अधिकार र पहिचान मेटाइदिने काम राम्रो नभएको बताए ।

उनले पृथ्वीनारायण शाहपछिका अहिलेसम्मका शासकहरुले साझा नेपाल बनाउन नसकेको बताए । उनले १०४ वर्षे जहाँनिया शासन, त्यसपछि वंशीय शासन र ०४६ सालको लोकतन्त्रपछि अहिलेसम्म गणतन्त्रसम्म नश्लीय शासन सत्ता मात्रै सञ्चालन भइरहेको बताए ।

नेता महतोले सबैको भाषा, संस्कृति र भेषभुषाको मान्यता हुनुपर्ने बताउँदै देश एकल चिन्तन सोचबाट चल्न नसक्ने बताए ।



प्रतिक्रिया दिनुहोस !