१८ बैशाख २०८१, मंगलबार

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्‍यो

प्रकाशित मिति :  17 April, 2024 6:58 pm


काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) ले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको मिति सारेको छ । जेठ ३ गतेदेखि ७ गतेसम्म गर्ने भनेको महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्मका लागि सारेको हो ।

बुधवार बसेको पार्टी सचिवालय बैठकले आन्तरिक तयारी र व्यवस्थापनका कारण महाधिवेशन सार्नुपर्ने निर्णय गरेको पार्टीकाका प्रवक्ता जगन्नथ खतिवडाले बताए ।

असार १६ गतेदेखि २० गतेसम्म काठमाडौँमा गर्ने निर्णय भएको बताए । उनले संगठनको तलबाट माग भएबमोजिम र जिल्ला संगठनहरुबाट पनि सोही माग भएको र केन्द्रले पनि उपयुक्त ठहर गरेकाले महाधिवेशन सार्नुपरेको बताए ।



प्रतिक्रिया दिनुहोस !