१९ बैशाख २०८१, बुधबार

सुनको मूल्य घट्याे, चाँदीकाे बढ्याे

प्रकाशित मिति :  18 April, 2024 11:32 am


काठमाडौँ । आज (बिहिबार) चाँदीको मूल्य बढेको छ भने सुन मूल्य घटेको छ । बुधबार प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ६ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ।

त्यस्तै आज तेजावी सुन पनि तोलामा ६ सयले घटेर प्रतितोला १ लाख ३७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज चाँदीको मुल्य भने बढेकाे छ । बुधबार प्रतितोला १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १० रुपैयाँले बढेर प्रति तोला १ हजार ७ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ ।



प्रतिक्रिया दिनुहोस !