१९ बैशाख २०८१, बुधबार

लुम्बिनीमा सरकार विस्तार, आजै शपथ खाने

प्रकाशित मिति :  18 April, 2024 12:07 pm


काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्र‍िपरिषद् विस्तार गर्ने भएका छन्। नेकपा एमालेले मन्त्रीको नाम सिफारिस गरेपछि मुख्यमन्त्री महराले आज साँझसम्म मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन्।

सहमति अनुसार एमालेले ५, माओवादीले मुख्यमन्त्री सहित थप २, नागरिक उन्मुक्ति, जसपा र स्वतन्त्र सांसदले एक\एक मन्त्रालय भागबन्डामा परेको छ । विस्तारित मन्त्रिमण्डलमा एमालेका चेत नारायण आचार्य आर्थिक मामिला तथा योजना मन्त्रालय, माओवादीका दीपेन्द्र पुन स्वास्थ्य र भण्डारीलाल अहिरले कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

बाँकी ६ जना दिनेश पन्थी, खड्ग बस्नेत, धर्मबहादुर चौधरी, अर्जुन कुमार केसी, भुमिश्वर ढकाल, र रत्नबहादुर खत्रीले विना विभागीय मन्त्रीका रूमा शपथ लिने भएका छन् । उनीहरूको बिहीबार साँझ ५ बजे शपथको तयारी भएको प्रदेश प्रमुख कार्यालय जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !