१९ बैशाख २०८१, बुधबार

सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारी नियुक्त

प्रकाशित मिति :  18 April, 2024 6:54 pm


काठमाडौँ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारीले नियुक्त भएका छन्। प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार सोडारीलाई बिहीबार साँझ मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

उनलाई नेकपा एमाले १०, नेकपा माओवादी केन्द्र १०, नेकपा एकीकृत समाजवादी ४, नागरिक उन्मुक्तिका सातमध्ये दुई जना र स्वतन्त्रका एक गरेर २७ जनाको समर्थन रहेको छ।

सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत नपाउने भएपछि चैत २२ गते पदबाट राजीनामा गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !