१९ बैशाख २०८१, बुधबार

दाहाल, ओली र रविबिच भेटः राजनीतिक घटनाक्रमबारे समीक्षा

प्रकाशित मिति :  18 April, 2024 7:02 pm


काठमार्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

बिहीवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा तीन नेताहरूबिच भेटवर्ता भएको हो ।

भेटका क्रममा समसामयिक राजनीतिका साथै लगानी सम्मेलनबारे समीक्षा गरिएको उपप्रधान एवं गृहमन्त्री लामिछानेले बताए । उनले तीन नेताहरूबिच भेट नभएको लामो समय भएकाले पछिल्ला घटनाक्रमका बारेमा छलफल भएको बताए ।



प्रतिक्रिया दिनुहोस !