१९ बैशाख २०८१, बुधबार

चलचित्र ‘फर्की फर्की’ को ट्रेलर सार्वजनिक

प्रकाशित मिति :  18 April, 2024 7:05 pm


काठमाडौँ । चलचित्र ‘फर्की फर्की’ को ट्रेलर सार्वजनिक भएको छ ।

बिहीवार काठमाडौँमा एक कार्यक्रमबिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्र फर्की फर्कीलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् ।

सुयोगकै कथा एवं पटकथा रहेको फिल्मको निर्मातामा ओमप्रकाश अग्रवाल छन् । मनोज वली र रामु न्यौपाने सहनिर्माता, अरूण रिजाल एसोसियट निर्माता रहेको फिल्ममा मोती कार्की र अनिरूद्र गिरी कार्यकारी निर्माता छन् । नरेन्द्र मैनालीको डिओपी रहेको फिल्मको सम्पादक सुरेन्द्र पौडेल हुन् ।

काफिया फिल्मस र कुबेर फिल्मले ’फर्की फर्की’ लाई वितरण गर्नेछन् । यो लभस्टोरी फिल्म बुद्ध जयन्तीको अवसर पारेर जेठ १० गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । फिलममा केसीसँगै जसिता गुरुङ, कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको अभिनय रहेको छ ।



प्रतिक्रिया दिनुहोस !