१९ बैशाख २०८१, बुधबार

मनकामना केबलकार आज बन्द हुने

प्रकाशित मिति :  19 April, 2024 10:53 am


काठमाडौँ । मनकामना केबलकार आज (शुक्रबार) बन्द रहेको छ । ।

नियमित मर्मतका लागि एक दिन केबलकार बन्द गरिने भएको हो । शनिबारबाट भने नियमित रूपमा सञ्चालनमा आउने मनकामना दर्शन प्रालिले जनाएको छ ।

शनिबार बिहान साढे ६ बजेदेखि र अघिपछि बिहान साढे ७ बजेदेखि साँझ साढे ५ बजेसम्म केबलकार सञ्चालन हुने गरेको छ । केबलकारमा ३४ वटा डब्बा सञ्चालनमा छन् । केबलकार सञ्चालनमा आएको २६ वर्षमा १ करोड ८४ लाख यात्रुले सेवा लिइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !