२० बैशाख २०८१, बिहिबार

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

प्रकाशित मिति :  19 April, 2024 11:12 am


काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीवार देशको उत्तरपश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना वरिष्ठ कमाण्डरको मृत्यु भएको पुष्टि गरेका छन् ।

उनले प्रमुख जनरल फ्रान्सिस ओमोन्डी ओगोलाको निधन भएको घोषणा गर्दा दुःख भएको बर्ताए । एल्गेयो माराक्वेट काउन्टीको स्थानीय प्राथमिक विद्यालयबाट उडेको हेलिकप्टर दिउँसो २ः२० बजे तल खसेको थियो र आगलागी भएको थियो ।

राष्ट्रपतिले ओगोलाले बिहानै नैरोबी छोडेर समस्याग्रस्त क्षेत्रमा डाकुहरूसँग लड्न र चलिरहेको विद्यालय नवीकरण कार्यको निरीक्षण गर्न खटिएका सेनाहरूलाई भेट्न गएकाे बताए ।

केन्या वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन उड्डयन अनुसन्धान टोली गठन गरी पठाएको छ । उनले शुक्रवारदेखि तीनदिने शोक मनाउने घोषणा पनि गरे ।

उनले पदमा रहँदा मात्रै नभइ सक्रिय सैन्य कर्तव्यमा जीवन गुमाएका सेनापतिको जीवन र प्रतिष्ठित सैनिक जीवनको सम्मानमा राष्ट्रले आजबाट १९ अप्रिलबाट ३ दिने शोक व्यक्त गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !