२० बैशाख २०८१, बिहिबार

जसपा सांसद खानद्धारा प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण

प्रकाशित मिति :  19 April, 2024 1:54 pm


काठमाडाैँ । जनता समाजवादी पार्टी, नेपालबाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् ।

शुक्रवार सिंहदरबारमा खानलाई सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्यको शपथग्रहण गराएका हुन् । मञ्जु शर्मा अन्सारीको निधन भएपछि जसपाले रिक्त स्थानमा २७ वर्षीया खानको नाम सिफारिश गरेको थियो ।

जसपाबाट समानुपातिक सांसद बनेकी शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा मञ्जु सांसद मनोनित भएकी हुन् ।

उनको पनि चैत ४ गते निधन भएपछि रिक्त स्थानमा हसिना सिफारिस गरिएको थियो । शुक्रवार सभामुख घिमिरेले उनलाई प्रतिनिधि सभा सदस्यको शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाइदिएका हुन् ।



प्रतिक्रिया दिनुहोस !