२० बैशाख २०८१, बिहिबार

टर्कीमा ५.६ म्याग्निच्युडको भूकम्प

प्रकाशित मिति :  19 April, 2024 2:06 pm


काठमाडौँ । टर्कीको उत्तरी प्रान्त टोकाटमा हिजाे (बिहीवार) ५.६ म्याग्निच्युडको भूकम्प गएको देशको विपद् व्यवस्थापन प्राधिकरण एएफएडीले जनाएको छ ।

साँझ ६ बजेर ११ मिनेटमा भूकम्प गएको हो । राजधानी अंकाराबाट करिव ४५० किलोमिटर पूर्वमा रहेको टोकाट प्रान्तको सुलुसाराय सहरमा केन्द्रबिन्दु रहेको एएफएडीले जनाएको छ । हालसम्म कुनै मानवीय क्षति नभएको बताइएको छ ।

भूकम्पको धक्का छिमेकी प्रान्तमा महशुस गरिएको निजी प्रशारक एनटिभीले जनाएको छ । एएफएडी र अन्य सम्बन्धित एजेन्सीहरूका टोलीहरूले घटनास्थलमा स्थितिको अनुसन्धान गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !