२० बैशाख २०८१, बिहिबार

गण्डकीको संसद् बैठक बहिष्कार गर्ने कांग्रेसको निर्णय

प्रकाशित मिति :  19 April, 2024 2:24 pm


काठमाडौँ । नेपाली कांग्रेसले गण्डकी प्रदेशको प्रदेशसभा बैठक बहिष्कार गर्ने भएको छ ।

शुक्रबार बसेको संसदीय दलको बैठकले संसद बैठक र कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बहिष्कार गर्ने निर्णय गरेको दलका नेता सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।

“सभामुखको पदीय मर्यादालाई दलीयकरण गरी असंवैधानिक एवं गैरकानुनी रूपमा सरकार गठन भएको थियो । सर्वोच्च अदालतबाट प्रदेश सरकारलाई नियमित कार्य सञ्चालन बाहेक दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नगर्न आदेश भएको थियो, यस्तो परिस्थितिमा प्रदेशसभाको अधिवेशन बोलाइएकोले उक्त अधिवेशन बोलाउने कार्य पनि गैरकानुनी र सर्वोच्चको आदेश विपरीत कार्य हो,” पत्रमा भनिएको छ ।

असंवैधानिक हिसाबले बोलाइएको बैठकमा सहभागी नहुने निर्णय भएको पाण्डेको भनाई छ । कांग्रेसले बैठकको निर्णयसहित ज्ञापनपत्र सभामुख कृष्ण धिताललाई बुझाएको छ ।



प्रतिक्रिया दिनुहोस !