२० बैशाख २०८१, बिहिबार

वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिटै पतन हुन्छः महत

प्रकाशित मिति :  19 April, 2024 4:40 pm


काठमाडाैँ । नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिटै पतन हुने बताएका छन् ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्ताे दाबी गरेका हुन् । उनले अहिलेको गठबन्धनलाई अप्राकृतिक गठबन्धनको संज्ञा दिए ।

उनले गठबन्धनमा रहेका दलहरुबीच अविश्वास रहेको कुरा प्रदेश सरकार गठनका क्रममा भएका घटनाक्रमहरुबाट स्पष्ट हुने बताए । उनले वर्तमान सत्ता गठबन्धनमा विश्वासको रत्तिभर अंश नरहेको जिकिर गरे । उनले नयाँ समीकरण पतन भइसकेपछि कसरी जाने भन्नेमा नेपाली काँग्रेस सचेत र सजग रहेको बताए ।

प्रवक्ता महतले पछिल्लो समीकरणको सरकार बनेपछि नागरिकमा निराशा छाएको र सरकारप्रतिको भरोसा घटेको बताए ।

https://fb.watch/ry62TA8Lib/



प्रतिक्रिया दिनुहोस !