२० बैशाख २०८१, बिहिबार

काठमाडौँ महानगरले राप्रपालाई तिरायो जरिवाना

प्रकाशित मिति :  19 April, 2024 8:52 pm


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई ५ हजार २२२ रुपैयाँ ८१ पैसा जरिवाना बैंकमा दाखिला गर्न पत्र पठाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९७ बमोजिम ट्राफिक आइल्याण्डमा पुगेको क्षतिको मर्मत गर्न २२२ रुपैयाँ ८१ पैसा र आन्दोलनका क्रममा जताततै फोहर गरेकोले फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३९ (१) बमोजिम ५ हजार रुपैयाँ जरिवाना तोकिएको पत्रमा उल्लेख छ ।

पत्रमा, क्षतिपूर्ति र जरिवानावापतको रकम बैंक दाखिला गर्न खाता नम्बर उपल्बध गराइएको छ ।

पार्टीले चैत २७ गते भृकुटीमण्डप केन्द्रीत आन्दोलनको कार्यक्रम गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !