२१ बैशाख २०८१, शुक्रबार

२०७४ सालमा सहकारी जथाभावी खोल्न दिने ऐन बनेपछि समस्या आयो: राणा

प्रकाशित मिति :  20 April, 2024 2:13 pm


काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणाले २०७४ सालमा सहकारी जथाभावी खोल्न दिने ऐन बनेपछि सहकारी क्षेत्रमा समस्या आएको बताएकी छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘सहकारी समस्या र भावी रणनीति’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

सभापति राणाले सहकारी संस्थाहरू आफैँसँग पनि ठगीमा परेका रकम असुली गर्ने जनशक्ति नभएको र नेपाल प्रहरीले पनि त्यसमाथिको उजुरी सुनुवाइमा समेत चासो नदिएको बताइन् ।

सहकारी संस्थाहरूले मान्छेको घरबारविहीन बनाएको घटनाको पनि उजुरी समितिमा आएको र त्यस्ता खालको गतिविधि हुन नदिने आफूहरूले सम्बन्धित सहकारीलाई निर्देशन दिएको पनि उनले उल्लेख गरिन् । 

सहकारीका पीडितहरुलाई न्याय दिलाउने कामका लागि गठित सरकारी छानबिन समिति भरपर्दो नरहेको आरोप लगाएकी हुन् ।



प्रतिक्रिया दिनुहोस !