२२ बैशाख २०८१, शनिबार

आइतवार चार प्रदेशमा वर्षा हुन सक्ने, हावा हुरीकोसमेत सम्भावना

प्रकाशित मिति :  21 April, 2024 7:24 am


काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । बिहानीपख देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा/मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा वर्षा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

आइतवार दिउँसो बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानहरु, बाँकी प्रदेशको थोरै स्थानहरू र बेलुका गण्डकी र लुम्बिनीका थोरै स्थानहरुमा हावा हुरीको सम्भावना रहेको विभागको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

मौसम प्रतिकूलताका कारण दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमानको पूर्ण विवरणका लागि यहाँ क्लिक गर्न सक्नुहुनेछ ।



प्रतिक्रिया दिनुहोस !