२२ बैशाख २०८१, शनिबार

अप्पर अरुणको १ हजार ६५ मेगावाट विद्युत उत्पादन गर्न विश्व बैंकले साढे ८ सय मिलियन डलर बराबरको लगानी गर्ने

प्रकाशित मिति :  21 April, 2024 8:06 am


काठमाडौँ। अर्थमन्त्री वर्षमान पुनले अप्पर अरुणको १ हजार ६५ मेगावाट विद्युत उत्पादन गर्न विश्व बैंकले साढे ८ सय मिलियन डलर बराबरको लगानी गर्ने सहमति भएको बताएका छन्।

शनिवार अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन बैठक सकेर स्वदेश फर्केका उनले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सस्तो ब्याजको ऋण दिने र विश्व बैंकले वित्तीय व्यवस्थापन गर्ने सहमति भएको बताए।

पुनले ६३५ मेगावाट दुधकोशीमा एडिबीले नेतृत्व गर्ने तर विश्व बैंकले पनि लगानी गर्ने बताए। उनले नेपालमा विदेशी लगानी कर्ताहरुको बाहुल्यता भएको मुलुकमा अमेरिका तेस्रो स्थानमा रहेको र आगामी लगानी सम्मेलनबाट थप लगानी गर्न इच्छुक भएको बताएको जानकारी दिए।

लगानी सम्मेलनमा अमेरिकाको चेम्बरको उपाध्यक्ष नै उपस्थिति हुने जानकारी पुनले दिए।

अर्थमन्त्री पुनले भने, “विश्व बैंकका तीन जना अलगअलग उपाध्यक्षहरुसँग भेट भयो । अरु उच्च स्तरका पदाधिकारीहरु । प्रवन्ध निर्देशकहरुसँग पनि भेट भयो । सबै मिलाउँदा विश्व बैंकसँगको कुराकानी राम्रो भयो ।”

ेअहिलेको लगानीमा अमेरिकन लगानी कर्ताहरु तेस्रो ठूलो लगानीकर्ताहरु नेपालमा रहेको र थप लगानी गर्न अमेरिकन लगानीकर्ताहरु तयार र उत्साहित रहेको पाइएको पुनले बताए ।

उनले भने, “लगानी सम्मेलनमा अमेरिकाको चेम्बर अफ कमर्सको उपाध्यक्ष नै उपस्थिति हुने स्वीकार गर्नुभएको छ । थप लगानी पनि घोषणा हुने भनिएको छ । आइटी लगायतका क्षेत्रमा लगानीको घोषणा हुँदैछ, सकारात्मक छ ।”

अर्थमन्त्री पुनले अमेरिकी चेम्बर अफ कमर्सले आइटी लगायतका क्षेत्रमा लगानी गर्ने भएको बताए।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !