२२ बैशाख २०८१, शनिबार

एमाले महाधिवेशन परिषद् बैठक आज पनि

प्रकाशित मिति :  21 April, 2024 9:44 am


काठमाडौँ । शनिवारबाट ललितपुरको गोदावरीमा शुरु भएको नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् प्रथम बैठक आज पनि जारी छ ।

आज बैठकमा पेस भएक प्रतिवेदनउपर समूहगत छलफल हुनेछ । प्रतिवेदनलाई आज नै पारित गरेर बैठक सम्पन्न गर्ने बताइएको छ ।

परिषद्को प्रथम बैठकमा हिजो अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक र महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !