२१ बैशाख २०८१, शुक्रबार

लुम्बिनी प्रदेशका अधिकाशं जिल्लामा आगलागी

प्रकाशित मिति :  21 April, 2024 10:37 am


काठमाडौँ। लुम्बिनी प्रदेशका अधिकाशं जिल्लामा आगलागी भएकाे छ । शनिवार रुपन्देही, अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठान, रोल्पाका वन क्षेत्रमा लागेको डढेलो र हावाहुरीले गाउँ प्रवेश गर्दा ७० भन्दा धेरै घरगोठ जलेर क्षति भएका छन् ।

शनिबार दिउँसो रुपन्देहीको सैनामैना नगरपालिका ११ बाट सल्किएको आगो अझै नियन्त्रमा आउन सकेको छैन् । नेपाली सेनाको टोलीले दमकलको सहायताले आगो नियन्त्रण लिने प्रयास गरेतापनि हालसम्म आगो नियन्त्रणमा आउन नसकेको स्थानिय टंक अर्यालले लुम्बिनी संचारलाइ जानकारी दिए । उनका अनुसार आगो नियन्त्रणका लागि पहल भएपनि हालसम्म आगो पूर्णरुपमा नियन्त्रमा आउनले सकेको छैन । सैनामैनाको वडा ११ सालझण्डी बाट सल्किएको आगो अहिलो वडा ९ बाँसगढीसम्म पुगेको छ ।

जंगलमा लागेको डढेलो शनिवार आएको हावाहुरीले गाउँमा सल्किएरपछि अर्घाखांचीको भूमिकास्थान नगरपालिकाको धारापानीको रातामाटा, बाँझाखर्क, जामुनडाँडा र फलामखिल्जीको गाउँमा आगलागी हुँदा २० वटा घरगोठ जलेका छन् ।

त्यस्तै गुल्मीको इस्मा गाउँपालिका २ मा पनि आगलागी हुँदा १३ घर जलेका छन् । सामुदायिक वनमा लागेको आगो बस्तीमा पनि फैलिँदा १३ घरसँगै २५ वटा गोठ र ४० भन्दा बढी भैंसी तथा बाख्रा पनि जलेका छन् । गुल्मीकै रुरु क्षेत्र गाउँपालिका–१ भटकुवामा शनिबार सामुदायिक वन क्षेत्रमा लागेको डढेलो बस्तीमा पस्दा दुई घर र एक गोठ जलेको छ । अहिले आगलागी भएका अधिकांश ठाउँमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मासहितको टोली पुगेको छ ।

पाल्पाको अर्गली, मुझुङ, माथागढीको झडेवा, तिनाउको दोभान, बगनासकालीको यम्घा लगायतका स्थानमा भीषण डढेलो लागेर बस्ती नजिक पुगेपछि दमकलको सहायताले आगो नियन्त्रमा लिने प्रयास भइरहेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ ।

शनिवार दिउँसो प्युठानको देवीस्थानमा सल्लाको खोटो संकलन गर्ने स्थानमा लागेको आगोले ७६ लाख भन्दा बढीको क्षति भएको छ । गंगा गम रोजिन एण्ड टर्पेन्टान कम्पनिले ६ हजार टिन भन्दा बढी संकलन गरी राखेको खोटोमा आगलागी हुँदा ७६ लाख बढी मूल्यको खोटो नष्ट भएको हो।

त्यस्तै रोल्पाको लुङग्री गाँउपालिका १ पाँङ निजकको जंगलमा हिजोदेखि सल्किएको आगो अहिलेसम्म पनि नियन्त्रणमा आएको छैन् । आगलागीबाट अहिलेसम्म १० घरगोठ जलिसकेका छन् । लिवाङबाट गएको नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले आगो नियन्त्रमा ल्याउने प्रयास गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !