२१ बैशाख २०८१, शुक्रबार

एमाले जिल्ला अधिवेशनमा असन्तुष्ट बनेका मानन्धरले दिए गाउँपालिका अध्यक्ष र पार्टीबाट राजीनामाको धम्की

प्रकाशित मिति :  21 April, 2024 11:59 am


काठमाडौँँ । स्याङ्जाको हरिनास गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

गत चैत २५ गते भएको नेकपा (एमाले) स्याङ्जाको नवौँ जिल्ला अधिवेशनमा हरूवाहरूलाई मात्र पद दिइएको भन्दै हरिनास गाउँपालिका अध्यक्ष पद र एमाले हरिनास गाउँपालिका कमिटी अध्यक्ष दुबै पदबाट राजीनामा दिने घोषणा सामाजिक संजालमार्फत गरेका हुन् ।

https://www.facebook.com/photo/?fbid=1761203754412856&set=a.384862432047002

“राष्ट्रिय दिदि पद्मा अर्याल र नारायण मरासिनि जस्ता हरूवाहरूकै गोजिबाट नाम निकालेर ९ औँ जिल्ला कमिटि पदाधिकारीमा पर्नुहुने सबैमा हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना,” उनले लेखेका छन्, “७४ को चुनाव पछि १ हजार जतिलाई पार्टी प्रवेश गराएर दोश्रो पटक चुनावमा गठबन्धनलाइ पराजित गरि २ पटक जितेको म जस्ता ठेट्नाहरूको पार्टीमा कुनै स्थान र मुल्याङ्कन नरहेको कारणले यो पार्टीमा बसिरहन मनले मानेन् ।”

उनले गाउँपालिकाको अध्यक्षमा दुई पटकसम्म विजय गराउने हरिनासवासीलाई धन्यवाद समेत दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !