२१ बैशाख २०८१, शुक्रबार

सहमति उल्लंघन गरेको भन्दै जसपाले फिर्ता बोलायो मन्त्री

प्रकाशित मिति :  21 April, 2024 1:36 pm


काठमाडौं । लुम्बिनी प्रदेश सरकार गठनका बेला भएको सहमतिअनुसार दुई मन्त्री नदिएको भन्दै जनता समाजवादी पार्टीका मन्त्री भण्डारीलाल अहिरले राजिनामा दिएका छन् ।

माओवादी संसदीय दलका नेता समेत रहेका जोखबहादुर महराले २५ चैतमा ४ सदस्यीय मन्त्रिपरिषद् गठन गर्दा जसपाबाट अहिर पनि मन्त्री बनेका थिए । ६ वैशाखमा मन्त्रिपरिषद् विस्तार गर्दा अहिरले कृषिमन्त्रीको जिम्मेवारी पाए ।

जसपा प्रदेश अध्यक्ष अशोक यादवले जसपालाई मुख्यमन्त्रीले २ जना मन्त्रालय दिने लिखित सहमति उल्लंघन गरेकाले सरकारबाट बाहिर आएको तर समर्थन भने कायमै रहने बताए । मन्त्री अहिरले पनि पार्टीको निर्णय अनुसार आफूले राजीनामा दिएको बताए ।



प्रतिक्रिया दिनुहोस !