२२ बैशाख २०८१, शनिबार

गृहमन्त्री लामिछानेको सहकारी प्रकरण सत्ता समिकरणसँग जोडिएर आयोः मन्त्री चौधरी

प्रकाशित मिति :  21 April, 2024 2:52 pm


काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी सम्बन्धि प्रकरण नयाँ सत्ता समिकरणसँग जोडिएर आएको बताएकी छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आइतवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो टिप्पणी गरेकी हुन् ।

पत्रकारिता पेशामा लागेर लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भएको प्रसंग कोट्याउँदै उनले गृहमन्त्री लामिछानेको विषय अहिले नयाँ सत्तासमिकरणमा पनि जोडिएर आएको बताइन् ।

पत्रकारितामा आफूले पनि ६ महिना काम गरेको उल्लेख गर्दै मन्त्री चौधरीले त्यसमा दुःख भएपनि सम्मानित पेशा भएको बताइन् । उनले पत्रकारिता पेशालाई सम्मानित बनाउन आफूले आफैँलाई माहोल बनाउँदै लैजानुपर्ने अवस्था रहेको समेत बताइन् ।

उनले भनिन्, “पत्रकारिता पेशामा दुःख चाहीँ छ । तर आफूलाई माहौल बनाउँदै गयो भने यो सेक्टर पनि नराम्रो होइन । तपाईहरुकै पत्रकारिता क्षेत्रबाट अहिले नेपाल सरकारको उपप्रधानमन्त्री माननीय गृहमन्त्री हुनुहुन्छ । भनेपछि तपाईहरु यदि राम्रो ढंगले जाने हो भने यद्यपि केही कुराहरु उहाँको विषयमा उठेको अवस्था छ । यो समिकरणको विषयमा समेत त्यो जोडिएर आएको अवस्था छ । तथापि पनि यो पेशा नराम्रो होइन । त्यसो त यो सम्मानित पेशा हो । गर्नसक्यो भने धेरै राम्रो हुनसक्छ ।”

मन्त्री चौधरीले नेपालको पत्रकारिता क्षेत्रलाई मर्यादित पेशाको रुपमा अघि बढाउन महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलको स्मरण समेत गरिन् ।



प्रतिक्रिया दिनुहोस !