२२ बैशाख २०८१, शनिबार

राष्ट्रिय सभा उपाध्यक्ष घिमिरे पार्टीको जिम्मेवारीबाट अलग

प्रकाशित मिति :  21 April, 2024 3:40 pm


काठमाडाैँ । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् ।राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेले आइतवार प्रेस विज्ञप्ती जारी गर्दै पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन् ।

उनले आफू सो पदमा रहँदासम्म संसदीय मर्यादा र परम्परालाई सम्मान गर्दै पार्टीको जिम्मेवारीबाट अलग भएको बताएकी छन् । उनले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा रहेर संविधान, प्रचलित कानूनहरू र राष्ट्रिय सभा नियमावलीले निर्देशित कामहरू तटस्थ र निष्पक्षताका साथ निर्वाह गर्ने प्रतिवद्धता गरेकी छन् ।

उपाध्यक्ष घिमिरे गत चैत्र २८ गते राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएकी हुन् । उनी राष्ट्रिय सभा सदस्य पदमा नेकपा (एमाले) को तर्फबाट निर्वाचित भएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !