२१ बैशाख २०८१, शुक्रबार

नयाँ विधेयकहरू राष्ट्रिय सभामा दर्ता गर्नुपर्छः उपाध्यक्ष घिमिरे

प्रकाशित मिति :  21 April, 2024 4:45 pm


काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले नयाँ विधेयकहरू राष्ट्रिय सभामा दर्ता गर्नुपर्ने बताएकी छन् । आइतबार आफ्नो कार्यकक्षमा सञ्चारकर्मीहरूसँग भेटघाट गर्दै उपाध्यक्ष घिमिरेले आगामी दिनमा आउने नयाँ विधेयकहरू राष्ट्रिय सभामा दर्ता गरेर अगाडी बढाउनुपर्ने बताएकी हुन् ।

उनले नयाँ विधेयकहरू राष्ट्रिय सभामा दर्ता गरेर दुवैतिर छलफल गर्न सकेमा विधेयकहरू छिटो पारित हुने सम्भावना हुने बताइन् । सं

विधानले व्यवस्था गरेको मौलिक हक कार्यान्वयनसँग सम्बन्धित धेरै विधेयकहरू प्रतिनिधि सभामा थुप्रिँदा राष्ट्रिय सभाले बिजनेस नपाउने स्थिति आउनु नहुने उनको भनाइ छ ।

उपाध्यक्ष घिमिरेले राष्ट्रिय सभामा दर्ता भएका विधेयकहरू सहज रूपले अगाडी बढेका र पारित भइरहेका पनि बताइन् ।



प्रतिक्रिया दिनुहोस !