२१ बैशाख २०८१, शुक्रबार

एमालेले राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गर्ने

प्रकाशित मिति :  21 April, 2024 5:44 pm


काठमाडौँ । नेकपा एमालेले पार्टीको हीरक जयन्ती महोत्सवमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति एवं पूर्वपार्टी उपाध्यक्ष विद्यादेवी भण्डारीलाई सम्मान गर्ने भएको छ ।

शनिबार र आइतबार ललितपुरको गोदावरीमा बसेको पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा प्रस्ताव प्रस्तुत गरिएको थियो । जसमा प्रतिनिधि परिषद् सदस्यहरूले सहमति जनाएका हुन् ।

प्रस्ताव पार्टीका तर्फबाट परिषद् बैठकको अध्यक्षता गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेका थिए । प्रस्ताव प्रस्तुत गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको लोकतान्त्रिक आन्दोलनमा, कम्युनिस्ट आन्दोलनमा योगदान पुर्‍याएका राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिएका व्यक्तिहरूलाई सम्मान गर्ने घोषित योजनाअनुसार हीरक जयन्तीमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गर्न लागिएको बताए ।

एमालेले सोमबार पार्टी स्थापनाको ७५ औँ वर्षगाँठ मनाउँदै छ ।



प्रतिक्रिया दिनुहोस !