२१ बैशाख २०८१, शुक्रबार

०८४ मा एमालेलाई बहुमतमा पुर्‍याउने गरी काम गर्न वरिष्ठ नेता पोखरेलको निर्देशन

प्रकाशित मिति :  21 April, 2024 7:00 pm


काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ०८४ सालमा एमालेलाई बहुमतमा पुर्‍याउने गरी काममा लाग्न नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

आइतबार पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले ०८४ सालमा पार्टीलाई बहुमतमा पुर्‍याउने गरी काम गर्न पार्टीका नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् ।

उनले नेकपा (एमाले) राष्ट्रिय शक्तिको रुपमा स्थापित भएको भन्दै एमालेलाई निर्णायक बिन्दुमा पुर्‍याउनु पर्ने आवश्यकता रहेको बताए । एमाले बलियो भएमात्रै राष्ट्रिय शक्ति बलियो हुने भन्दै एमाले कमजोर हुँदा राष्ट्रिय शक्ति कमजोर हुने उनकाे भनाइ छ ।

उनले भने, “एमाले मात्रै होइन, अरू कतिपय त्यस्ता राष्ट्रिय शक्तिको पंक्तिमा पर्ने पक्षहरू पनि छन् । ति सबैलाई समेटेर लिएर जानुपर्ने दायित्व एमालेको काँधमा छ । म के आग्रह गर्न चाहन्छु भने कुल मिलाएर नेकपा (एमाले) बलियो भयो भने राष्ट्रिय शक्ति निर्णायक रूपमा बलियो हुनसक्छ । एमाले कमजोर भयो भने मुलुकको राष्ट्रिय शक्ति कमजोर हुनेछ ।”

वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीका नेता, कार्यकर्ताहरू पब्लिक अडिटमा रहने भन्दै पब्लिक अडिटमा बेरुजु निस्किने छुट आफूहरूलाई नभएको बताए ।



प्रतिक्रिया दिनुहोस !