२१ बैशाख २०८१, शुक्रबार

सोमवार पाँच प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

प्रकाशित मिति :  22 April, 2024 6:02 am


एआइले बनाएकाे समाचार प्रतिनिधि तस्बिर ।

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सोमवार बिहानीपख कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा कोशी र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

मधेस प्रदेशको तराई भू-भागका केहि स्थानहरुमा साथै कोशी र लुम्बिनी प्रदेशको तराई भू-भागका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको जनाइएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमानको पूर्ण विवरणका लागि यहाँ क्लिक गर्न सक्नुहुनेछ।



प्रतिक्रिया दिनुहोस !