१२ श्रावण २०८१, शनिबार

हिरक जयन्ती मनाउँदै नेकपा एमाले

प्रकाशित मिति :  22 April, 2024 9:02 am


काठमाडौँ। नेकपा एमालेले आज हिरक जयन्ती मनाउँदै छ । पार्टी स्थापना भएको ७५ औं वर्ष पुगेको अवसरमा एमालेले हिरक जयन्ती मनाउन लागेको हो ।

हिरक जयन्ती ललितपुरको गोदावरीस्थित एक विशेष समारोहबिच मनाउन लागेको एमालेले जनाएको छ ।

आज आयोजित विशेष समारोहमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दलका नेता नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख वक्ताको रूपमा बोलाइएको छ ।

हिरक जयन्ती महोत्सवमा पूर्वराष्ट्रपति एवं पूर्व पार्टी उपाध्यक्ष विद्यादेवी भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गर्ने लगायतका कार्यक्रम रहेका छन्।



प्रतिक्रिया दिनुहोस !