३ जेष्ठ २०८१, बिहिबार

गठबन्धन कति दिनसम्म चल्छ भन्न सक्दिनँः माधव नेपाल

प्रकाशित मिति :  22 April, 2024 10:22 am


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको बताएका छन् ।

सोमवार नेकपा एमालेको पार्टीक केन्द्रिय कार्यालय च्यासलमा भएको नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रिय सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

उनले नेपालको राजनीति जटिल रहेको बताए । उनले छोटो समयमा गठबन्धन फेरिरहेको भन्दै वर्तमान सत्ता गठबन्धन कति दिन टिक्छ रु भन्ने प्रश्न उठिरहेका भन्दै गठबन्धन लामो समयसम्म जानेमा आशंका व्यक्त गरे ।

उनले अहिलेको गठबन्धनको परिस्थिति सहज नरहेको जिकिर गरे । कसैका धाक, धम्की, कसैका गालीगलौज सुन्नका लागि आफूहरु राजनीतिमा नआएको बताए। उनले वर्तमान सत्ता गठबन्धनमा आफूहरुले सहजता महशुस नगरेको भन्दै गठबन्धन तलमाथि हुनसक्ने आशंका व्यक्त गरे ।

अध्यक्ष नेपालले जनताका जनजीविकाका सवालहरु, समानता र न्याय, रोजगारीका समस्याहरु, आर्थिक उन्नतिको कुरामा कम्युनिष्ट पार्टीले आवाज बुलन्द गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !